नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ?
१८ पुस, काठमाडौं । गत असोजमा दसैंका लागि सुकिला नोट बजार पठाउन नेपाल राष्ट्र बैंकले आफूसँग भएका नोट मिलाउन सुरु गर्यो । नोट मिलाउने अर्थात् सर्टिङ गर्ने क्रममा केन्द्रीय बैंकमै ४ थान नक्कली नोट भेटियो । गत महिना मात्रै वीरगञ्ज रक्सोल बोर्डरमा ठूला दरका १ सय १४ थान नक्कली नोट फेला परे । ती नक्कली नोट नेपाल प्रहरीले राष्ट्र बैंकको प्रादेशिक कार्यालय वीरगञ्जमा बुझाएको छ । त्यसैगरी १६ पुसमा नेपाल प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पनि नक्कली नोट बरामद गरेको छ । त्यसदिन प्रहरीले ९३ थान १ हजार दरका नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय नक्कली नोटमार्फत सर्वसाधारण…