बिजनेस

‘जलविद्युत् परियोजनाबाट आदिवासी जनजाति समुदाय बढी प्रभावित’

‘जलविद्युत् परियोजनाबाट आदिवासी जनजाति समुदाय बढी प्रभावित’

१८ पुस, काठमाडौं । जलविद्युत् परियोजनाले सबैभन्दा बढी आदिवासी जनजाति समुदाय प्रभावित हुने गरेको पाइएको छ । विभिन्न क्षेत्रमा निर्माणाधीन तथा भविष्यको योजनामा रहेको जलविद्युत् परियोजनाका कारण आदिवासी जनजाति समुदाय बढी प्रभावित हुने गरेको पाइएको हो । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितका विषयमा गरिएको अध्ययन क्रममा ७५ प्रतिशत आदिवासी जनजाति समुदाय प्रभावित भएको पाइएको हो । आयोजना प्रभावितका विषयमा अध्ययन गरेका नन्द कान्दङवाले उक्त आयोजनाका कारण ७५ प्रतिशत आदिवासी जनजाति समुदाय प्रभावित भएको बताए । आदिवासी जनजाति समुदायको परम्परागत सामुदायिक भूमिमा गम्भीर असर पारेको उनको भनाइ छ । धेरैजसो भूमि ऐलानी (सामुदायिक) भएकै कारण समस्या जटिल बनेको उनले बताए । उनका…
Read More
क्षमताको आधा पनि उत्पादन गर्न सकेनन् नेपालका उद्योगले

क्षमताको आधा पनि उत्पादन गर्न सकेनन् नेपालका उद्योगले

१८ पुस, काठमाडौं । नेपालका उद्योगहरू अहिले पनि क्षमताको आधाभन्दा कम उत्पादनमा चलिरहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक एकीकृत प्रतिवेदन अनुसार उद्योगको औसत क्षमता उपयोग ४४.५ प्रतिशतमात्र रहेको छ । जुन २०८०/८१ को तुलनामा समेत कम हो । यसले समग्र अर्थतन्त्रमा प्रभाव पारेको छ । यस आव अर्थतन्त्र विस्तार ४ प्रतिशतमात्र भएको छ । नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान १२.८ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार गत आवमा टायर तथा ट्यु उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९० प्रतिशत छ । घिउ उत्पादन गर्ने उद्योगको क्षमता भने सबैभन्दा…
Read More
नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ?

नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ?

१८ पुस, काठमाडौं । गत असोजमा दसैंका लागि सुकिला नोट बजार पठाउन नेपाल राष्ट्र बैंकले आफूसँग भएका नोट मिलाउन सुरु गर्‍यो । नोट मिलाउने अर्थात् सर्टिङ गर्ने क्रममा केन्द्रीय बैंकमै ४ थान नक्कली नोट भेटियो । गत महिना मात्रै वीरगञ्ज रक्सोल बोर्डरमा ठूला दरका १ सय १४ थान नक्कली नोट फेला परे । ती नक्कली नोट नेपाल प्रहरीले राष्ट्र बैंकको प्रादेशिक कार्यालय वीरगञ्जमा बुझाएको छ । त्यसैगरी १६ पुसमा नेपाल प्रहरीले काठमाडौं गोकर्णेश्वरबाट पनि नक्कली नोट बरामद गरेको छ । त्यसदिन प्रहरीले ९३ थान १ हजार दरका नक्कली नोट सहित ६ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय नक्कली नोटमार्फत सर्वसाधारण…
Read More
बजारमा लसुन अभाव : भाउ बढ्यो ७३ प्रतिशत, तस्करी कि नाकाको अवरोध ?

बजारमा लसुन अभाव : भाउ बढ्यो ७३ प्रतिशत, तस्करी कि नाकाको अवरोध ?

१८ पुस, काठमाडौं । नेपाली बजारमा पछिल्लो दुई सातामा सुकेको लसुनको भाउ ह्वात्तै बढेको छ । दुई साता अवधिमा लसुन भाउ ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यस अवधिमा सबैभन्दा धेरै चिनियाँ लसुनको भाउ आकाशिएको छ । १ पुसमा चिनियाँ लसुन प्रतिकिलो थोकमा न्यूनतम २ सय ५० देखि अधिकतम औसत २ सय ६३ रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि क्रमश: बढ्न थालेको थियो । शुक्रबार (१८ पुस) आइपुग्दा प्रतिकिलो थोकमा न्यूनतम ४ सयदेखि अधिकतम ५ सय र औसतमा ४ सय ५६ रुपैयाँ रुपैयाँ कायम छ । यस्तै नेपाली लसुनको भाउ…
Read More
उखु खेतीमा किसान मोह घट्दै, आधा क्षमतामा खुम्चिए चिनी उद्योग

उखु खेतीमा किसान मोह घट्दै, आधा क्षमतामा खुम्चिए चिनी उद्योग

१८ पुस, काठमाडौं । किसानले खेतबाट उखु काट्दै उद्योगसम्म पुर्‍याउन थालेसँगै चिनी मिलहरूले धमाधम ‘क्रसिङ’ थालेका छन् । तर, मिल ताते पनि सञ्चालकहरूमा कच्चापदार्थ अभाव हुने चिन्ता भने सेलाएको छैन । यस वर्ष उखु उत्पादनमा भारी गिरावट आउने प्रक्षेपणले उद्योगहरूलाई आवश्यक ‘घान’ नै नपुग्ने देखिएको छ । गत वर्ष २ करोड १६ लाख क्विन्टल उखु उत्पादन भएको थियो । तर, यसपालि १० देखि २० प्रतिशतले उत्पादन घट्ने चिनी उद्योगी बताउँछन् । कच्चापदार्थको यही चरम अभावले मिलहरू ढिलो सञ्चालन हुने र छिट्टै बन्द हुने प्रवृत्ति बढेको छ । कुनै समय एक सिजनमा ५ महिनासम्म निरन्तर चल्ने इतिहास बोकेका चिनी उद्योग पछिल्ला वर्षहरूमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.