कांग्रेस महामन्त्री थापाद्वारा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन आह्वान

कांग्रेस महामन्त्री थापाद्वारा महाधिवेशन प्रतिनिधिलाई काठमाडौं आउन आह्वान

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुस अन्तिममा काठमाडौं आउने महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । पार्टीको विधानमा गरिएको व्यवस्थाअनुसार पुस २८ भित्र विशेष महाधिवेशन आह्वान हुने उनको भनाइ छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकले बहुमतका आधारमा नियमित महाधिवेशनको नयाँ कार्यतालिका पारित गरे पनि महामन्त्री थापाले विधानमा गरिएको व्यवस्थाअनुसार विशेष महाधिवेशन नरोकिने बताए । ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग्नु भएको विशेष महाधिवेशन पुसको २८ भित्र गरिसक्नु पर्ने विधानको अनिवार्य व्यवस्था छ । एक दुई दिनभित्र पार्टी सभापति, कार्यबाहक सभापतिले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशन बनाउनुहुन्छ भन्ने अपेक्षा गर्छौं,’ थापाले भने, ‘विधान पालना गर्नु पर्ने…
Read More
सरकार र निकोलस भुसालबीच ६ बुँदै सम्झौता, तोडे अनसन

सरकार र निकोलस भुसालबीच ६ बुँदै सम्झौता, तोडे अनसन

१८ पुस, काठमाडौं । अनसनरत डा. निकोलश भुसाल र हरिश विष्टसँग सरकारले सम्झौता गरेको छ । ११ औँ दिनदेखि अनसनमा रहेका भुसालसँग शुक्रबार ६ बुँदै सम्झौता भएको हो । सम्झौतासँगै भुसालले अनसन तोडेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले दुवै जनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाएकी हुन् । सहमतिपत्रमा भुसाल पक्षबाट उनी स्वयं र विष्टको हस्ताक्षर छ भने सरकारको तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालको हस्ताक्षर छ । जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग भुसाल अनसनमा बसेका थिए ।
Read More
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो

बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रन-वेबाट चिप्लियो

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए । कोशी प्रदेशका डीआईजी बिनोद घिमिरेका अनुसार, विमान अवतरणका क्रममा रन–वेबाट केही तल चप्लिएको हो । काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, काठमाडौं–भद्रपुर उडानको 901 उडान नम्बरको बुद्ध एयरको जहाज ओभर रनका कारण ग्रास यरियामा पुगेको हो । अहिले यात्रु ओराल्ने प्रक्रिया जारी छ । यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको प्रारम्भिक जानकारी छ । थप विवरण आउन बाँकी छ ।
Read More
जेनजी अगुवासँग गगनले गरे डेढ घण्टा छलफल

जेनजी अगुवासँग गगनले गरे डेढ घण्टा छलफल

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र जेनजी अगुवाहरूबीच भेटघाट भएको छ । सरकार र जेनजीबीच भएका १० बुँदै सम्झौतालाई राजनीतिक दलहरूले समर्थन जनाउनुपर्ने भन्दै जेनजी अगुवाहरूले थापासँग भेटघाट गरेका हुन् । फागुन २१ को निर्वाचनअघि जेनजी आन्दोलनका मुद्धामा दलहरूले साझा प्रतिबद्धता जनाउनुपर्ने माग लिएर जेनजी अगुवाहरूले राजनीतिक दलका नेताहरूसँग भेटघाट थालेका छन् । सोही अभियान अन्तर्गत जेनजीहरूले थापालाई भेटका हुन् । थापासँग भेट्न जेनजी प्रतिनिधिहरू रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, उपार्जुन चाम्लिङ र माजिद अन्सारी पुगेका थिए । थापा र यी जेनजी अगुवाबीच करिब डेढ घण्टा छलफल भएको थियो । छलफलमा जेनजी अगुवाहरूले सरकार र…
Read More
के हो सुदन गुरुङको सिभिलियन फोर्स ?

के हो सुदन गुरुङको सिभिलियन फोर्स ?

१८ पुस, काठमाडौं । द काउन्सिल अफ जेनजीका सुदन गुरुङले बिहीबार राति ११ बजे ‘सिभिलियन फोर्स’ सार्वजनिक गरे । यसलाई उनले ‘नेपाललाई डिजिटल्ली ट्रान्सफर गर्ने विचारधारा’ भनेका छन् । र, यसमा सबै ‘देशप्रेमी’लाई जोडिन आह्वान पनि गरेका छन् । सुदनले यो सिभिलियन फोर्स बनाउने योजना दुई महिनादेखिको भएको बताए । सिभिलियन फोर्स सम्बन्धि वेबसाइट लाइभ गरेपछि भिडियोमा बोलेका उनले भने, ‘हामीले दुई महिनादेखि सिभिलियन फोर्स बनाउँदै छौँ, भन्यौँ । तर, यो के हो त ? यो छरिएर रहेका नेपालीलाई एक ठाउँमा जोड्ने अभियान हो ।’ सुदनका अनुसार यो सिभिलियन फोर्स यसअघिका आन्दोलनपछि बनेका जस्तो ‘विद्रोही शक्ति’ होइन । यसलाई नकारात्मकभन्दा…
Read More
भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित

भद्रपुर विमानस्थलमा बुद्ध एयर दुर्घटनाका सबै यात्रु सुरक्षित

१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट दुर्घटनामा परेको एयरको विमानमा सवार सबै सकुशल रहेका छन् । ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए । उनीहरू सबै सकुशल रहेको र विमानबाट उद्धार भइसकेको छ । बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णका अनुसार, अवतरणका क्रममा धावनमार्गबाट जहाज चिप्लिएको हो । प्राविधिकसहितको टोली अहिले काठमाडौंबाट भद्रपुरतर्फ आजै पठाउन लागेको पनि उनले जानकारी दिए ।
Read More
रास्वपाभित्र ‘उज्यालो’ खोज्न थाल्यो कुलमान पक्ष

रास्वपाभित्र ‘उज्यालो’ खोज्न थाल्यो कुलमान पक्ष

१८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा भयो, तर उनीहरु एक देखिएका छैनन् । पार्टी एकता भए पनि एजेन्डामा एकता हुन नसकेको पीडा रास्वपा उपसभापति कुलमान घिसिङ निकटस्थले पोख्न थालेका छन् । एजेन्डाबेगर केवल टाउका जोडेर हतार हतार एकता गर्ने हुँदा फुर्सदमा पछुताउनुपरेको उनीहरुको भनाइ छ । पुस १४ मा एकता हुनुअघि कुलमान पक्षका केहीले घन्टी चुनाव चिह्नले सबै आस्थाहरुलाई समेट्न कठिकन हुन सक्ने अडान राखेका पनि थिए । उज्यालो पार्टीका तिनै नेताहरुले अहिले रास्वपाबाट संघीयता, धर्मनिरेपक्षता, पहिचान र गणतन्त्रबारे स्पष्टता खोज्न थालेका हुन् । उज्यालो नेपाल पार्टीका पहिचान पक्षधर नेताहरूले एकतामा असन्तुष्टि…
Read More
पार्टी एकतापछि पनि ज्वागलबाटै काम गर्दैछन् बालेन

पार्टी एकतापछि पनि ज्वागलबाटै काम गर्दैछन् बालेन

१६ पुस, काठमाडौं । महानगरका मेयर बालेन शाह पनि ज्वागलस्थित देश विकास पार्टीको लागि भनेर खोलिएको कार्यालयबाटै आफ्नो राजनीतिक गतिविधि गरिरहेका छन् । स्रोतका अनुसार शुक्रबार पनि बालेनले ज्वागलस्थित पार्टी कार्यालयबाटै भेटघाटलाई निरन्तरता दिए । तर, उनको यो भेटघाट आफ्नो ढंगले छुट्टै अघि बढेको भन्दा पनि रास्वपासँगको एकता प्रक्रिया पुरा गर्न आफ्नो तर्फबाट काम सक्न गतिविधि गरेको स्रोतले भन्यो । यता उज्यालो नेपाल पार्टीभित्र विवाद भएर निर्वाचन आयोग पुगेसँगै रास्वपासँग एकता गरेकाहरु फेरि आफ्नै ढंगले अघि बढेको चर्चा छ । कतै बालेन शाहले पनि आन्तरिक रुपमा छुट्टै अघि बढ्न ज्वागलबाटै गतिविधि गरेका त हैनन् ? जवाफमा स्रोतले भन्यो, ‘त्यस्तो केही…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.