कांग्रेस बैठकमा विश्वप्रकाश : एमालेसँग गठबन्धन गर्ने भूमिगत तयारी कसले गर्दैछ ?
१८ पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनमा गठबन्धन गर्नेबारे भएको छलफलप्रति आपत्ति जनाएका छन् । शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शर्माले निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय गरिसकेको भन्दै यसबारे आपत्ति जनाएका हुन् । ‘आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने गोदावरी महासमितिको निर्णय थियो l तर एमालेसँग गठबन्धन गर्ने `भुमिगत तयारी´ को गर्दैछ ?,’ उनले भने, ‘यसमा विल्कुलै असहमति छ l यस्तो गर्न मिल्दैन l महासमितिको निर्णयविपरीत निर्णय लिनु आत्मघाती हुनेछ l’ शर्माले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा जाने निर्णय सर्वसम्मति गरेको भए पनि पुनर्स्थापनाको पक्षमा हस्ताक्षर किन लगाइयो भनेर प्रश्न पनि गरे । ‘निर्वाचनमा जाने…