phd

नेपाल खुला विश्वविद्यालयबाट पहिलो पीएचडी गर्ने व्यक्ति बने बाबुराम भुल

नेपाल खुला विश्वविद्यालयबाट पहिलो पीएचडी गर्ने व्यक्ति बने बाबुराम भुल

१८ पुस, काठमाडौं । नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि हासिल गर्ने व्यक्ति बाबुराम भुल बनेका छन्। विश्वविद्यालयले बुधबार उनलाई औपचारिक रूपमा विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो । विश्वविद्यालय प्रशासनका अनुसार डा.भुलले व्यवस्थापन तथा कानुन संकायअन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि पूरा गरेका हुन् । उनी हाल महालेखा परीक्षकको कार्यालयमा लेखापरीक्षण अधिकारी (शाखा अधिकृत)का रूपमा कार्यरत छन् । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-३, बरदादेवी भुवामाझ घर भएका भुलले नेपाल खुला विश्वविद्यालयमार्फत ‘प्रतिनिधिमूलक कर्मचारीतन्त्रः नेपालको निजामती सेवामा सीमान्तकृत समुदायका व्यक्तिमा सकारात्मक विभेद (आरक्षण) सम्बन्धी दृष्टिकोण र संगठनात्मक प्रतिबद्धताबीचको सम्बन्ध’ शीर्षकमा अनुसन्धान गरेका हुन् । उक्त अनुसन्धान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.