BREAKING
Advertisement

लिपुलेक विवादको समाधानको बाटो : कूटनीति कि कन्फन्ट्रेसन ?

balenxmodi

काठमाडौँ । बेलाबेला बल्झिरहने ‘लिपुलेक विवाद’ ले नेपाल र भारत एकपटक फेरि आमनेसामने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा नयाँ सरकार गठन भएसँगै ‘नयाँ सरकारले लिने परराष्ट्र र छिमेक नीति कस्तो रहला ?’ भन्ने चासोका बिच यो समस्या पुनः ब्युँतिएको हो 

नेपालले यसअघि नै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ चुच्चे नक्सा जारी गरे पनि भारतले उक्त भूमिमाथिको आफ्नो दाबी छाडेको छैन । त्यतिमात्रै होइन, भारतले अर्को छिमेकी राष्ट्र चीनसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गरेको छ । दुई देशले उक्त भूमि प्रयोग गर्न सहमति गर्दा नेपाली पक्षसँग कुनै संवाद र छलफल समेत गरेका थिएनन् ।

Laxmi sunrise bank

यही पृष्ठभूमिमा भारतको विदेश मन्त्रालयले गत अप्रिल ३० तारिखका दिन एक विज्ञप्ति जारी गर्दै सन् २०२६ को कैलाश मानसरोवर यात्राको घोषणा गर्‍यो । चीन सरकारसँगको समन्वयमा भारतले आगामी जुनदेखि अगस्ट महिनासम्म उक्त धार्मिक यात्रा सञ्चालन गर्न लागेको हो ।

Shivam Cement

यो पनि

लिपुलेक र नाथुला नाका हुँदै कैलाश मानसरोवर यात्रा गराउँदै भारत, अनलाइन आवेदन खुला

भारतले यात्राबारे घोषणा गरेको ३ दिन बितिसक्दा पनि बालेन्द्र शाह नेतृत्वको सरकारको मौनताका सम्बन्धमा प्रश्न गर्दै रातोपाटीले ‘लिपुलेक विवाद : विपक्षमा हुँदा मसला, सरकारमा हुँदा मौनता !’ शीर्षकमा आइतबार समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित गरेको केही घण्टामा नै परराष्ट्र मन्त्रालयले लिपुलेकबारे सरकारको ‘स्ट्याण्ड’ प्रस्ट पारेको थियो ।

Kajaria

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणामा सन् १८१६ को सुगौली सन्धि अनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भू–भाग भएकोमा सरकार अडिग रहेको स्पष्ट बताएको छ ।

Arghakhachi Cement
nepal lipulekh
Nabil bank

मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै आयोजना हुने भनिएको यात्राका सम्बन्धमा उक्त क्षेत्रमा सडक निर्माण, व्यापार वा तीर्थाटनजस्ता कुनै पनि क्रियाकलाप नगर्न भारतलाई निरन्तर आग्रह गर्दै आएको र यसबारे चीनलाई पनि आधिकारिक रूपमा जानकारी गराइसकिएको स्पष्ट पारेको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पनि सोही कुरालाई थप प्रस्ट पारे । सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री पोखरेलले लिपुलेकलगायतका विवादास्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

मन्त्री पोखरेलले सीमा विवादका विषयमा परराष्ट्र मन्त्रालयले यसअघि नै आफ्नो नोट जारी गरिसकेको भन्दै उक्त नोटको जवाफमा भारत सरकारले पनि खुला सहकार्य र संवादमार्फत समस्याको निकास निकाल्नुपर्ने आशय व्यक्त गरेको जानकारी दिए । ‘दुई देशबिचको सहकार्यबाटै यसको समाधान खोजिनेछ,’ मन्त्री पोखरेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Welcome Back

Sign in to continue to your account.