काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिनको अवसरमा मंगलबार कमब्याक फिल्म ‘युनिभर्सिटिज अफ गुन्डाज’को टिजर युट्युबमा सार्वजनिक गरेका छन् ।
योसँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ । ७ वर्षपछि फिल्ममा उनको पुनरागमन सम्भव भएको हो । यसको संकेत उनले गत महिनाको एक फोटोसुटमार्फत दिएका थिए ।
उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् २०१९ मा रिलिज भएको थियो । त्यसअघि उनले ‘ए मेरो हजुर २’ बाट घरेलु फिल्ममा एक्टरको रुपमा डेब्यू गरेका थिए ।
जन्मदिन अवसर पारेर बनियाले प्रशंसकलाई सरप्राइज गिफ्ट दिएका छन् । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको एक्सन बबाल देखिन्छ ।


