BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेसविपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजर१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचलशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!

Advertisement

शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रन

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरूद्धको खेलमा नेपालले २५६ रन जोडेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल अन्तिम बल खेल्न बाँकी छदा २५६ रनमा अलआउट भयो। 

नेपालका लागि ओपनर आसिफ शेखले ९४ रनको योगदान गरे। उनले ९७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दा शतक बनाउन ६ रन चुके। 

अर्का ओपनर विनोद भण्डारी भने डकआउट भए। उनी दोस्रो पहिलो बलमा आउट हुन पुगेका थिए। 

तेस्रो नम्बरमा ब्याटिङ गरेका अर्जुन कुमालले ४८ रन जोडे। २ रनले अर्धशतक बनाउन चुकेका अर्जुनले ८७ बल खेलेर ४ चौका हिर्काए। 

कप्तान रोहितकुमार पौडेल १६ बल खेलेर ९ रन जोडे भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४२ बलमा ३३ रन बनाए। 

गुल्सन झा १७ रनमा आउट भएका थिए। अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेर आउट हुनुअघि आरिफ शेखले २४ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४३ रन बनाए। 

करण केसी ०, नन्दन यादव २ रन र  सन्दीप लामिछाने १ रनमा आउट भए। 

बलिङमा ओमानका नदीम खानले ३ विकेट हात पारे। सकील अहमद र हसनइन शाहले २-२ विकेट  लिए। 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Welcome Back

Sign in to continue to your account.