समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिने

समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ऋणीहरूलाई तत्काल कर्जा भुक्तानी गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले निर्देशन दिएको छ। सहकारी ऐन २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त घोषणा भएका संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सुनिश्चित गर्न यस्तो निर्देशन जारी गरिएको समितिले जनाएको हो। समितिले ती सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जमानीकर्तालाई समेत कार्यालयमा सम्पर्क गर्न […]