BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजर१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचलशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!

Advertisement

विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडकमार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउन निर्देशन दिएको छ।

जोखिम देखिएका सडक खण्डमा यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न, गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। 

प्राधिकरणले जोखिम भएका ठाउँमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कडाइपूर्वक कारबाहीको दायरामा ल्याउनसमेत भनेको छ। 

सोमबार साँझ काभ्रे जिल्लास्थित रोशी खोलाको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रोक्दारोक्दै पाँच वटा सवारी अगाडि बढ्दा यात्रु बाढीमा फस्न पुगेका थिए। त्यसरी फसेका सबै ८९ जना यात्रुको उद्धार गरिएको थियो।

केही सवारी चालकका कारण यात्रुहरुको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात प्राधिकरणले स्थानीय वस्तुस्थिति एवं सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकताअनुसार सवारी आवागमन कडाइपूर्वक बन्द गर्न अनुरोध गरिएको प्राधिकरणका उपसचिव रामबहादुर केसीले जानकारी दिए। 

रोशी खोलाको जस्तो घटना दोहोरिन नदिन प्राधिकरणले विपद् जोखिमको हिसाबले संवेदनशील सडक मार्ग पहिचान गरी जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबै निकायहरूसँग समयमै समन्वय गर्न पनि भनेको छ।

Ncell

त्यसैगरी, विपद्का बेला सडक अवरूद्ध भई सवारी आवगमन बन्द भएको अवस्थामा अलपत्र परेका र जोखिममा रहेका यात्रुहरूलाई सुरक्षित राख्न योजना तयार पारी सोही अनुसार कार्यान्वयन गर्न, गराउन पनि निर्देशन दिएको छ।

प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, उक्त पूर्वानुमान अनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Welcome Back

Sign in to continue to your account.