BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेस‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’विपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजर१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचलशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनजेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!

Advertisement

ख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!

एक झर पानी पर्नेबित्तिकै रोशी खोलाको भेलबाढीले बिपी राजमार्ग अवरूद्ध बनाउँछ। तर यात्रु तथा सवारी चालक संवेदनशील बन्ने गरेका छैनन्।

सोमबार राति पाँच वटा सवारी चालक संवेदनशील नबन्दा ८९ यात्रु जोखिममा परेका थिए।

काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनसार रोशीको उपल्लो जलाधार क्षेत्रमा पानी परेको सूचना आउनासाथ सोमबार राति काभ्रेको मंगलटारमै सवारी साधन रोकिएको थियो। तर पाँच सवारी साधनले अटेर गरे।

पनौती, बेथानचोक क्षेत्रमा दर्किएको झरी बेवास्ता गर्दै उनीहरू धुलिखेलतर्फ अघि बढेका थिए। चारसयबेसी आइपुग्दा नपुग्दै रोशी उर्लिइहाल्यो।

‘त्यहाँ खोलैखोला बाटो बनाइएको छ। भेल बढेको थाहा पाएपछि अगाडि बढ्न नसकेपछि गाडी सिन्धुलीतर्फ नै फर्काएर अघि बढ्न खोजेका रहेछन्। तर खोलाको दुईवटा भँगालाको बीचमा परेछन्,’ उनले भने।

अधिकारीका अनुसार रोशीले पाँच वटा गाडी मात्रै अट्ने टापुजस्तो बनाएको भागमा ती सवारी रोकिएका रहेछन्।

‘संयोगवश महाभारत लेक, पनौती तथा बेथानचोक आसपास पानी पर्न रोकियो र खोला घट्यो। नत्र हामीले उद्धार होइन अर्कै दृश्य देख्नुपर्थ्यो,’ उनले भने।

रातिको समय भएकाले उद्धारमा निकै कठिनाइ झेलेको उनले बताए। उनका अनुसार ८९ यात्रुको उद्धार गर्न रातको साढे एक बजेसम्म लागेको थियो।

‘यात्रु निकै भयभीत हुनुहुन्थ्यो। वारिबाट हामीले माइकिङ गर्दै नआत्तिनुस्, उद्धार हुन्छ भनिरह्यौं। डोरी, र्‍याफ्टिङ लगायत विभिन्न तौरतरिका अपनाएर सकुशल उद्धार गर्‍यौं,’ उनले भने।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Welcome Back

Sign in to continue to your account.