BREAKING
समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न निर्देशन, नतिरे सेवा बन्ददेखि कालोसूचीमा राखिनेपर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीतिलोकतान्त्रिक सरकार नागरिकमाथि बिघ्न क्रुर र संवेदनहीन हुन सक्छ भनेर परिकल्पना गर्न सकिँदैन- कांग्रेसविपद् प्राधिकरणले भन्यो– संवेदनशील सडक मार्गमा सवारी आवागमन कडाइपूर्वक बन्द गराउनू‘राज्यले व्यवसायीलाई थुन्ने होइन, जरिवाना गर्ने प्रणाली बसाउनुपर्छ’जेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !७ वर्षपछि फिल्ममा सलिनमान, जन्मदिनमा ल्याए ‘युनिभर्सिटिज अफ गुन्डाज’ को टिजर१० बजे १० समाचार : अध्यादेशको काम फत्ते, बालेनको निर्णयले हलचलशेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानविरूद्ध जोड्यो २५६ रनख्यालख्यालमै निम्त्याउला रोशीले विपत्ति!

Advertisement

जेठदेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी, ऋण नतिर्नेलाई सार्वजनिक सुविधाबाट बञ्चित गरिने !

काठमाडौँ । सरकारले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने सरकारी तयारी रहेको बताएकी हुन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले जेठको पहिलो सातादेखि बचत फिर्ता प्रक्रियाको औपचारिक सुरुवात गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।

HIGHLIGHTSसरकारले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ ।

मन्त्री रावलले सहकारीको बचत फिर्ता गर्ने आधार नै ऋण असुली भएको समेत उल्लेख गरेकी छिन् । उनले त्यसका लागि सरकारले कडा कदम चाल्ने पनि स्पष्ट पारेकी छिन् ।

उनका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण लिएर समयमा चुक्ता नगर्ने ऋणीहरूको नामावली मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिने पनि जानकारी दिएकी छिन् । ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन सरकारले ऋणीहरूलाई प्रदान गरिने सार्वजनिक सेवा सुविधाहरू रोक्ने तयारी समेत गरेको छ । 

सहकारी समस्या समाधानका लागि मन्त्रालयले नेपाल राष्ट्र बैंक र महान्यायाधिवक्ताको कार्यालयलगायतका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिइएको छ । फरार रहेका ठूला ऋणीहरूलाई कानूनी दायरामा ल्याई उनीहरूबाट ऋण असुल गरेरै बचतकर्ताको रकम सुरक्षित फिर्ता गराइने मन्त्री रावलको दाबी छ । त्यस्तै, उनले बचत फिर्ताका लागि आवश्यक मोडालिटी र थप कार्ययोजनाबारे मन्त्रालयका सचिव तथा सह-सचिवहरूले प्राविधिक स्पष्टता पार्ने र सरकार यस मुद्दामा पूर्ण प्रतिवद्ध रहेको पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
😊
खुसी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Welcome Back

Sign in to continue to your account.